गठबन्धनमा भएको सहमतिबाट कांग्रेस पछि हट्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन् ।

राष्ट्रपतिको चुनावको सन्दर्भमा आज शुक्रबार काठमाण्डौमा आयोजित संयुक्त गठबन्धन दलहरूले आयोजना गरेको अभिमुखीकरणमा उनले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँ–बायाँ नलाग्ने स्पष्ट पारे ।

‘आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन, गठबन्धनलाई विश्वासका साथ अघि बढाउनु आजको आवश्यकता हो’, उनले भने । कांग्रेस संविधान कार्यान्वयन र नागरिकमा परिवर्तनको आभास दिन प्रतिबद्ध रहेको भन्दै उहाँले गठबन्धनलाई पाँच वर्ष काम नगर्ने छुट नभएको बताए ।

महामन्त्री थापाले राष्ट्रपति पदको गरिमा र मर्यादालाई उँचो बनाउनका लागि रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र भएको जिकिर पनि गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पदको लोभ नगरि संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धनलाई समर्थन गर्नुभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस