पुरानो गठबन्धन ब्युँताउनेबारे भोलिमात्र निर्णायक छलफल हुने

काठमाडौ । राष्ट्रपतिको निर्वाचन र पुरानो गठबन्धन ब्युँताउनेबारे भोलिमात्र निर्णायक छलफल हुने भएको छ। 

कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच आज बस्ने भनिएको ‘निर्णायक बैठक’ भोलि बिहानमात्रै बस्ने भएको हो। बालुवाटारमा बस्ने बैठकमा ठोस निर्णय हुने नेताहरू बताउँछन् ।

कांग्रेस नेताहरू र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार राति भएको छलफलमा पुरानो गठबन्धन ब्युँताउने मौखिक सहमति भएको बताइएको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस