दाङ । लुम्बिनी प्रदेशका उधोग, पर्यटन, संस्कृत तथा यातायात ब्यबस्था मन्त्री जानकी प्रसाद यादव दाङ आउनुभएको छ ।
पाण्डेवश्वरी मन्दिर धारापानीमा एक कार्यक्रमलाई सम्बोधन गर्न दाङ आउनु भएको राप्रपाका नेता बंशीकुमार शर्माले जानकारी दिनु भएको छ ।
महाशिबरात्रीको अबसरमा दाङका विभिन्न पर्यटकिय , धार्मिक स्थलहरुमा समेत अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते शुक्रवार


