आजको मौसम : यी तीन प्रदेशमा आंशिक बदली

दाङ । शुक्रबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 महाशाखाका अनुसार दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतः सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

राती भने  देशको  पहाडी भू–भागमा  आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ ।  

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको र तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको छ । 

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस