छिल्लिकोट । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले पर्यटकीय क्षेत्रको विकाका लागि अग्रसर रहने बताउनुभएको छ ।
मन्त्री शर्माले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ मा रहेका पर्यटकीय क्षेत्र छिल्लीकोटमा निर्माण गरिएको नेपाल टेलिकम टावरको निरीक्षण गर्दै उहाँले सेवा बिस्तार नभएका क्षेत्रमा दुर्गम क्षेत्रमा टेलिकमको सेवा विस्तार गर्दै लैजाने बताउनुभयो ।

यसैक्षेत्रबाट निर्वाचित हुनुभएका मन्त्री शर्माले ऐतिहासिक स्थल छिल्लीकोटको विकास र विस्तारमा सक्रीयतापूर्वक लाग्ने बताउनुभयो । उहाँले निर्वाचन प्रतिस्पर्धा मात्रै भएकाले अब विकासमा सबै अग्रसरतापूर्वक लाग्नुपर्ने बताउनुभयो । मन्त्री शर्माले यस क्षेत्र धार्मिक,पर्यावरणीय क्षेत्रका दृष्टिकोणले समेत महत्वपूर्ण भएकाले ती क्षेत्रको विकासमा बजेटको सुनिश्चिता गरिने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा निर्माण गरिएको टेलिकमको सेवा सञ्चालन भएसंगै सल्यानको कपुरकोट गाउँपालिका,रोल्पाको रुन्टीगढी सहित घोराहीको क्षेत्रमा समेत सञ्चारको पहुँच पुगेको छ । उहाँले ऐतिहासिक महत्व राखेको छिल्लीकोटको धार्मिक,पर्यटन,पर्यावरणको विकासमा विशेष ध्यान दिइने बताउनुभएको थियो ।

उहाँले ऐतिहासिकालीन दरबार क्षेत्रको उत्खननका लागि पुरातत्व विभाग समक्ष ध्यानाकषर्ण गराइने बताउनुभयो । छिल्लीकोटको क्षेत्रमा इतिहास लेखन गर्नुभएका नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक श्रीधर शर्मा मजगैयाले छिल्लीकोट दरबारको उत्खनन गर्नका लागि आग्रह गर्नुभएको थियो ।

साथै उहाँले छिल्लीकोट धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको बताउनुभयो ।
स्थानीय परबिर पुन , पुर्ण बहादुर पुन लगायतकाले यस क्षेत्रमा बिकासलागि ध्यान दिनु हुन मन्त्रीलाई आग्रह समेत गरेका थिए ।


