
काठमाडौं । यही माघ २७ गतेको सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने भएकी छिन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले यस विषयमा जानकारी गराएका हुन् । उनले त्यस दिनको प्रतिनिधि सभाको बैठकमा सङ्घीय संसद् दुवै सदनका सांसदलाई २ बजेर ४५ मिनेटमा नै सभामा निर्धारित पोसाकमा उपस्थित हुन आग्रह गरे ।
उनले राष्ट्रपति भण्डारीले संयुक्त सभालाई ३ बजे सम्बोधन गर्ने बताए ।
प्रतिनिधि सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको तर्फबाट खानेपानी मन्त्री अब्दुल खानले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश’ सदनसमक्ष पेस गरेका थिए ।
प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार