नेपालका दुर्गमसम्म नाफारहित दुरसञ्चार र प्रविधिको सुविधा पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको सुगमदेखि दुर्गम ठाउँसम्ममा नाफारहित भएपनि दुरसञ्चार र प्रविधिको सुविधा पुर्‍याउनुपर्ने बताउनु भएको छ  । 

नेपाल टेलिकमको १९ औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले  नेपाल सरकारको स्वामित्व भएको संस्था भएकाले  सरकारको सोच र लक्ष्यलाई समेटेर काम गर्नु पर्ने बताउनु भएको हो । 

नेपाल टेलिकमको ग्राहकले तिरेको महसुलबाट सहि सदुपयोग गरेर सुलभ र गुणस्तरीय सेवा पुर्‍याउनुपर्ने समेत बताउनु भयो  ।

साथै समय अनुसार यसको गुणस्तरमा समेत ध्यान दिनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस