भालुबाङमा लागू औषध सहित एकजना पक्राउ

भालुबाङ । देउखुरीको भालुबाङमा लागू औषध सहित एकजना पक्राउ परेका छन ।

शुक्रबार बिहान राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ रातोडाडाँ पार्क स्थितमा लागु औषध (ब्राउन सुगर) को कारोबार गरी रहेको भन्ने सुचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

४ ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर सहित राप्ती गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष २९ का विशाल थापा मगर पक्राउ परेका हुन ।
शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा फेला पारी चेकजाच गर्ने क्रममा निलो र कालो रङको प्लाष्टिकको पोकोमा लागू औषध फेला पारिएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरिक्षक सुजन बिक्रम शाहले जानकारी दिए ।

जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस