माघ ७ मा उपसभामुखको चुनाव

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख पदको चुनाव माघ ७ गते शनिबार हुने भएको छ ।

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले उपसभामुख पदको चुनाव माघ ७ गते हुने घोषणा गरेका हुन् । साथै उनले प्रतिनिधि सभा उपसभामुखको चुनावको सूचना प्रकाशित गर्न पनि संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ । घिमिरेको पक्षमा एक सय ६७ मत आउँदा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले एक सय मत प्राप्त गरेकी छिन् ।

त्यस्तै एक मत भने कसैलाई समर्थन नगर्ने पक्षमा खसेको थियो ।

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस