प्रचण्डको सरकार नेपालीले बनाएको हो, यो ज्यादै ठूलो उपलब्धी हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले कोर्स परिवर्तन गरेको भन्दै एमालेले गर्व गर्नुपर्ने बताएका छन्। संगठित ढंगले अस्थिरताको एउटा डरलाग्दो प्रयास अगाडि बढाइराखेको बेलामा आफूहरुले असाधारण ढंगले कोर्सलाई परिवर्तन गरेको उनको दाबी छ।

एमालेद्वारा आयोजित नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा विषय अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नेपालीले नै बनाएको बताए।

‘नेपालीले नेपालमा सरकार बनाउन नपाउने, चलाउन नपाउने यस्तो पनि कहीँ हुन्छरु त्यस कोर्सलाई हामीले परिवर्तन गर्‍यौं। अहिले हामीले नेपालीले सरकार बनाएका छौं। अरुले होइन, यो नेपालीले बनाएको सरकार हो। यो सफलता हामीले प्राप्त गरेका छौं’, ओलीको भनाइ छ।

उनले नेपालीले नेपालमा सरकार बनाएको दोहोर्‍याउँदै त्यो ज्यादै ठूलो उपलब्धि भएको बताए। ‘नेपालीलाई ९सरकार० बनाउन नदिने चाँजोपाँजो थियो। हामीले बनाएका छौं सरकार। यो ज्यादै ठूलो उपलब्धी हो, ज्यादै महत्त्वपूर्ण कुरा हो, यो राष्ट्रिय स्तरमा हामीले गरेको प्रतिरोध हो। यो बाह्य हस्तक्षेपकाविरुद्ध, हाम्रो स्वाधिनता, हामी एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र हौं भन्ने कुराको अनुभूति यो सानो कुरा होइन’, उनले भने।

उनले अहिलेको सरकार बनेपछि नेपाली जनता खुसी भएको बताए। उनले मित्र र छिमेकीहरुको गतिविधिप्रति कटाक्ष गरे। उनको भनाइ छ, ‘तपाईं हामी सबैलाई थाहा छ, अहिले पनि हाम्रा मित्रहरु ढोकाबाट होइन, पर्खाल माथिबाट हाम्रो कम्पाउन्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्थ्यो, फेरफार गर्नुपर्छ भनेर लागिरहेका छन्।’

उनले आफूहरुले छिमेकी र मित्रबाट त्यस्ता खालका क्रियाकलापको अपेक्षा नगर्ने बताए। ‘हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउँछौं। तपाईंहरु जे सहयोग गर्न सक्नुहुन्छ, गर्नुस्’, उनले भने, ‘तर आन्तरिक मामिलामा हात हाल्ने र हुँडल्ने काम नगर्नुस्।’

उनले अहिले कुटनीतिक गतिविधि भनिसक्नु नभएको भन्दै त्यस खालको तरिका बन्द गर्न चेतावनी दिए। ‘हामी हस्तक्षप रुचाउँदैनौं। हामीलाई काम गर्नुस् दिनुस्’, ओलीले भने। साभार : नेपाल लाइभ

प्रकाशित मिति : २०७९ पुष २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस