सरकारलाई विश्वासको मत दिन माधव नेपाललाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाललाई सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।  

आज बुधवार प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्रको) संसदीय दलको कार्यालय सिंहदरबारमा अध्यक्ष नेपाललाई भेटेर सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । अध्यक्ष नेपालले भने पार्टीभित्र छलफल गरेर मात्रै टुङ्गोमा पुग्न सकिने जवाफ दिए ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सरकारमा जाने बेलामा आफूसँग छलफलसमेत नगरेको भन्दै नेपालले गुनासो गर्दै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी छ । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीले एक सय ३८ सांसदको समर्थन लिनुपर्छ ।

प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार
प्रतिक्रिया दिनुहोस