नेपाल टेलिकमको ‘फाइभ–जी’ परीक्षण स्थगित

काठमाडौं । नेपाल टेलिकमले पूर्वनिर्धारित तालिकाअनुसार आज १७ पुसदेखि सुरू हुने भनिएको ‘फाइभ–जी सेवा’को ट्रायल स्थगित भएको छ । टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभजी चल्ने मोबाइलको संख्या न्युन् देखिएपछि ट्रायल स्थगित भएको हो ।

टेलिकमले फाइभ–जीको परीक्षणको लागि आन्तरिक रुपमा तयारी अन्तिम चरण्मा पुर्‍याए पनि केही प्राविधिक विषयका कारण फाइभ–जीको ट्रायक स्थगन भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

टेलिकमले १ जनवरीबाट फाइभ–जी परीक्षण गर्न भन्दै तयारी गर्दै आएको थियो । अब टेलिकमले थप तयारी गरेर फाइभ–जीको परीक्षणकाल सुरु गर्ने तयारी गरेको हो । परीक्षणका लागि टेलिकमले उपकरण, प्रविधि जडानसहित जनशक्तिलाई तालिमसहितका तयारीहरु सकाइसकेको छ ।

सामान्य मोबाइल इन्टरनेटभन्दा द्रुत हुने फाइभजी इन्टरनेट औद्योगिक, सेवामूलक, नवप्रवर्तनात्मक र उच्च व्यवसायिक क्षेत्रमा प्रयोग हुने डाटा सुविधा हो ।

फाइभ–जीको परीक्षणअघि टेलिकमले यसको व्यवसायिक प्रयोगको सम्भावनाबारे पनि थप अध्ययन र छलफल गर्नेछ ।

प्रकाशित मिति : २०७९ पुष १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस