प्रधानमन्त्रीको निर्देशनपछि रोकियो विदेशबाट मोबाइल ल्याउन नपाउने नीति


 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि विदेशबाट फर्कदा अतिरिक्त मोबाइल ल्याउन नपाउने नीति रोकिएको छ । 

दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्षको बजेटमा घोषणा भए अनुसार(एमडीएमएस) प्रणाली लागु गर्ने घोषणा गरेको थियो । शुक्रबारदेखि एमडीएमएस प्रणाली लागु हुने थियो । जस अन्तर्गत विदेशबाट ल्याएको मोबाइल प्राधिकरणमा दर्ता हुनुपर्ने थियो । 

प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्रीलाई वैदशिक रोजगारीमा जाने नेपालीले दुःख पाउने भन्दै तत्काल सो निर्देशन लागु नगर्न निर्देशन दिएका थिए । प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले प्रधानमन्त्रीको निर्देशन अनुसार एमडीएमएस प्रणाली लागु गर्ने नीति परिवर्तन भएको जानकारी दिए ।

“सबैलाई सजिलो हुनेगरी पछि नीति लागु हुन्छ, अहिलेलाई पुरानो तरिकाबाट नै विदेशबाट मोबाइल आयात गरेर चलाउन मिल्छ,” खनालले भने ।

प्रकाशित मिति : २०७९ पुष १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस