काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा सरेका छन् । आज बिहीवार दिउँसो पूजापाठ गरेर गृहमन्त्री लामिछाने पत्नीसहित सरकारी निवास पुल्चोक सरेका हुन् ।
मन्त्री लामिछानेले सरकारी निवासमा झन्डोत्तोलन गरेका छन् । उनलाई नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेको थियो ।
सलामी लिने क्रममा पिर्का र रातो कपडा भने राखिएको थिएन । यसअघि ‘पिर्के सलामी’ लिने गरेको भन्दै आलोचना हुँदै आएको थियो ।
प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार


