इट्टाको मूल्य १ रुपैया बढ्याे

दाङ । दाङमा इट्टाको मूल्य बढेको छ । दाङ देउखुरी इट्टा ब्यबसायी संघले आईतबार विज्ञप्ति जारी गरि इट्टाको मूल्य साबिकको मुल्यमा एक रुपैयाँ बढेको बताएको हो ।

कोईला, इन्धन, मजदुर तथा बैंक ब्याजमा बृद्धि भएको भन्दै इट्टाको मूल्य बढाईएको अध्यक्ष प्रेमनाथ योगीले बताए ।

उहाँका अनुसार सोमबारदेखि लागु हुने गरि १ नम्बरको इट्टाको मूल्य प्रतिगोटा रु १५ तोकिएको छ । त्यस्तै २ नम्बर इट्टाको प्रतिगोटा १० रुपैँया, इट्टा खन्जडको प्रति ट्रली १० हजार रुपैया, इट्टा टुक्रा प्रति ट्रली ६ हजार तोकिएको छ ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार
प्रतिक्रिया दिनुहोस