तुलसीपुर महोत्सवमा प्रमोद खरेलको धमाका

तुलसीपुर । तुलसीपुरमा जारी महोत्सवमा चर्चित गायक प्रमोद खरेलले धमाका मच्चाएका छन् । युथ्स अफ तुलसीपुरको आयोजनामा सञ्चालित प्रथम लुम्बिनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सवमा उनले बिहीबार आफ्नो प्रस्तुतिले धमाकामा मच्चाएका हुन् ।

महोत्सवको १२ दिनमा प्रमोदको प्रस्तुतिमा दर्शकहरु धुलो उडाएर नाचेका थिए । यसअघिका दिनमा बेलुका पाँच बजे नै सुनसान हुने मेलामा बिहीबार भने प्रमोदको प्रस्तुति हेर्न दर्शकहरु रातीसम्म बसेका थिए । मौसम खरावीका कारण ढिलोगरी महोत्सवमा आइपुगेका खरेलले सुरुमै ‘हंगामा भो कसम हंगामा भो’ भन्ने गीत प्रस्तुत गरेका थिए ।

त्यसैगरी उनले ‘तिम्रो माया मुटुमा धेरै छ, लाइदेउ न मायाले’, ‘झुमा झुम्कावाली’, ‘यो कुरा गोप्य नै राखौला’, ‘चल बतास चलचल’, ‘चाइदैन तिमी बिनाको’ लगायतका चर्चित गीत प्रस्तुत गरेका थिए । खरेलले यति गाइसक्दा पनि दर्शकहरुबाट भने ‘वन्स मोर’, ‘वन्स मोर’ भन्ने शब्द आइरहेको थियो ।

त्यसैगरी आज लोकदोहोरी गायिका टिका सानु, दिपक खड्का लगायतका स्थानीय स्तरका कलाकारहरुले गीत नृत्य प्रस्तुत गरेका थिए । यसैबीच शुक्रबार मेलामा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, बिन्दु परियारलगायतका कलाकार आउने आयोजकले जनाएको थिए ।

तुलसीपुरमा आधुनिक पुस्तकालय निर्माण गर्ने उद्देश्यले लागेको मेला पुस १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा दिनदिनै दर्शकहरुको संख्या बढ्दै गएको छ ।

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस