कहाँ गयो लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी ?

लमही । दाङको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी करिव बीस दिनदेखि नगरपालिकामा नभएको तथ्य फेला परेको छ । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र वहादुर डाँगीले प्रयोग गर्दै आएको बा२ झ४२०१ नम्बरको कार नगरपालिका मातहतमा नभएको पाईएको हो ।

केहिसमय अगाडि प्रमुख प्रशासकीय अधिकृत डाँगीले कर्मचारीहरुमाथि ‘तानाशाह’ प्रवृति लादेको भन्दै कर्मचारीहरुले काम गर्न नसक्ने भन्दै अधिकृत डाँगीको सरुवा नभएसम्म काम नगर्ने अडान लिदै आन्दोलित भएपछि नगरपालिकाको कामकाज ठप्प भएको थियो ।

आन्दोलनका क्रममा काठमाडौं बसेका विवादित बनेका अधिकृत डाँगी मंसिर १५ गते लमही नगर विकास समितिकामा रहेको कोठामा आएर वसेको सूचना पाएपछि आन्दोलित कर्मचारीहरु सोही ठाउँमा पुगेर घेरावन्दी गरेपछि जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र आन्दोलित कर्मचारीहरु विच त्रिपक्षीय छलफल गरी सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने सर्तमा आन्दोलन स्थगन गरिएको थियो ।

कर्मचारीहरुले थालेको आन्दोलन चर्किदै गएपछि नगरवासीहरु नगरपालिकाबाट हुने सेवा प्रवाहबाट वञ्चित हुन पुगेपछि लमही नगरका युवाहरुको टोलीले कर्मचारीहरुका कारण अशान्त भएको नगरपालिकाको विषयलाई यथाशीघ्र समाधान गरि नागरिकका कामकाजमा सहजता ल्याउन ज्ञापनपत्र समेत बुझाएका थिए ।

निर्वाचन आचारसंहिता २० गतेसम्म भएकाले अधिकृत डाँगीको स्थानमा नयाँ अधिकृत ल्याउन प्रक्रिया थालिने र डाँगीको उपस्थिति नजनाउने गरी गएको भएपनि तर लमही नगरपालिकामा पुनः हाजिर भई नियमित रुपमा कामकाज गर्ने वातावरण मिलाई पाउँ, भनि नगर प्रमुखलाई सम्वोधन तथा बोधार्थमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौंलाई उल्लेख गरेको पत्र भेटिएको छ ।

अधिकृत डाँगीले पत्रमा लेखेका छन्ः त्रिपक्षीय सम्झौतामा मेरो हस्ताक्षर छैन, सरुवा भई जाने कागज गरेको अवस्था रहेकोले म सामान्य अवस्थामा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था देखिदैन । ‘कानुन निकायबाट सरुवा व्यवस्थापन नहुँदा सम्म साविक वमोजिम म बहाल रहेको भन्दै नियमित हाजिर भई कामकाज गर्ने व्यवस्था मिलाई दिन हुन सादर निवेदन गर्दछु ।’ यसरी पत्र लेखेपछि डाँगीले नगरपालिका छोड्न नचाहेको र आउनलाई कुटिलचाल खेलिरहेको भनी व्यापाक जनगुनासो बढेको थियो ।

करिव एक महिनासम्म प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको नगरपालिकाको अधिकृतले प्रयोग गर्दै आएको गाडी गायव भएपछि हालसम्म खोजी गरिएको छैन । सरकारी गाडी गायव हुँदा समेत लमही नगरपालिकालाई कुनै वास्ता नभएको र जनताको करबाट खरिद गरिएको गाडीलाई व्यक्तिगत रुपमा त्यो पनि नगरपालिका समेतलाई जानकारी नदिई प्रयोग गर्नु ‘दुरुपयोग’ भएको लमहीका मोहन केसीले बताए ।

गाडी चालक यसो भन्छन्
सोही गाडी चलाउने चालक मधुसुदन केसीले उक्त गाडी प्रमुख प्रशासकीय अधिकृत ज्युले लग्नु भएको छ । गाडी काठमाडौं छ होला, नगरपालिकामा सोधेर लग्नु भएको हो तपाईलाई केही थाहा छ? भन्ने जिज्ञासामा चालक केसीले भने, त्यो कुरा आफुलाई जानकारी नभएको बताए । गाडी गायव भएको छैन्, अधिकृतले नै लग्नु भएको छ । बाहिर त्यसै हल्ला गरेका छन् ।

के भन्छन्, नगरका प्रशासन शाखा प्रमुख
नगरपालिकाका प्रशासन शाखा प्रमुख महेश थापा ठेडीले प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडी हिजो (मंगलवार) सम्म नगरपालिका हाताभित्र देखिएको थिएन, क्वाटर परसरमा पनि थिएन । आजको हकमा भन्दा म काममा बाहिर छु । नगरपालिकामा गाडी नभएकोमा कहाँ गयो, कसले लगेको छ भन्ने कुरा आश्चर्य बनेको छ । जुन कुरा मलाई मेरो शाखामा जानकारी छैन ।

नयाँ अधिकृतका लागि वडाध्यक्षहरु काठमाडौंमा
अधिकृतको बारे कर्मचारीहरुले चर्काे विरोध जनाएसँगै प्रमुख प्रशासकीय अधिकृतविहीन हुन पुगेको नगरपालिकामा नयाँ अधिकृत ल्याउनका लागि लमहीका ७ वटा वडाका अध्यक्षहरु यतिवेला काठमाडौंमा छन् । उनीहरुले नयाँ अधिकृत मिलानका लागि संघीय मामिला मन्त्रालयमा पुगेको र मन्त्रालयमा मेयर नआउँदासम्म ठोस निर्णय गर्न नसकिने बताएको वडा न–७ का वडाध्यक्ष एंव नगर प्रवक्ता मोहन गिरीले जनाएका छन् । उनले भने, नयाँ लैजाने कि पुरानोलाई सावित गर्ने कुरा मेयर ज्यु आएपछि कुरा हुन्छ, जहाँसम्म सम्झौताअनुसार पुरानालाई बहाली गर्दा सम्झौता विपरित हुने र नगरपालिका फेरी आन्दोलनको सिकार बन्न सक्ने जनाए ।

के भन्छन् मेयर साव ?
आर्थिक बर्ष २०७५/०७६ मा टेण्डर प्रक्रियाबाट खरिद गरिएको ३२ लाख ७५ हजारको कार गायव हुँदासम्म नगरपालिकाका मेयर जोगराज चौधरी बेखबर छन्। मेयर चौधरीले भने, गाडी नभएको कुरा मैले निमित्तसग थाहा पाए, मलाई कसैले पनि सोधेर लगेको छैन्,। वडाध्यक्षहरु काठमाडौं जानु भएको छ, मलाई बोलाउनु भएको छ, तर आज प्रदेशको स्थायी राजधानी झण्डाउत्तोलन कार्यक्रमले गर्दा रोकिएको हुँ, म भोली काठमाडौं जान्छु र केही निकास निस्किने बताए । यता, सो सम्बन्धमा थप जानकारी लिनका लागि अधिकृत डाँगीलाई सम्पर्क गरेपनि सफल हुन सकिन ।

प्रकाशित मिति : २०७९ मङ्सिर २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस