
तुल्सिपुर । दाङको तुलसीपुरमा महोत्सव जारी रहेको छ । हिजो देखि लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको सोमवरा दोस्रो दिन दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । यूथ्स अफ तुलसीपुरको आयोजनामा महोत्सव सञ्चालन भएको छ । तुलसीपुरमा पुस्तकालय स्थापनार्थ महोत्सवको आयोजना गरिएको आयोजकको भनाई छ ।
महोत्सवको दोस्रो दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो । सोमवार गायक कमल खत्रि, चन्द्र शर्मा, प्रेम विवस घर्ती, गायिका सुनिता अधिकारीले प्रस्तुति दिएका थिए ।
महोत्सवको दोस्रो दिन ३ हजार ५ सय बढी दर्शकले मेला अवलोकन गरेको मेलाका सास्कृतिक सहसंयोजक प्रेम विवश घर्तीले जानकारी दिए ।
भोलि खुमन अधिकारी र टिका सानु आउने
तुलसीपुर महोत्सवमा तेस्रो दिन आज मंगलवार चर्चित गायक गायिकाहरु आउने भएका छन । महोत्सवमा गायक खुमन अधिकारी, गायिका टिका सानु, गायिका मञ्जु पौडेल, मोडल तथा डान्सर अभिषेक खड्का लगाएतका कलाकारहरु आउने मुल आयोजक समितिका संयोजक अरुण लहरेले बताए ।
तुलसीपुरमा पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने थप उद्देश्यले लिएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव पोष ६ गते सम्म सञ्चालन हुने छ ।