नेता व्यवस्थापन संघियता भन्दा जनताको समानुपातिक संघियता आवश्यक: विप्लव

रुपन्देही । देशमा नेता व्यवस्थापन संघियताले देशको थप आर्थिक पक्षलाई कमजोर बनाएको नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लवले) वताएका छन् । वर्तमान संघियता दलका नेता कार्यकर्ता व्यवस्थापनमुखि भएको जनाउँदै, देश र जनताको उत्थानका लागि जनताको समानुपातिक संघियता आवश्यक रहेको स्पष्ट पारे ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलले कपिलवस्तुमा गरेको साक्षात्कार कार्यक्रममा महासचिव विप्लवले भने, मंसिर ४ को प्रदेश र संघको आमनिर्वाचन जनताले दिएको मतपरिणामले दलहरुको नीति सिद्धान्त माथि औचित्य नभएको स्पष्ट भएको भन्दै जनताले नयाँ व्यवस्था खोजेको उल्लेख गरे ।

पछिल्लो समय राज्यको आर्थिक संकटताले मुलुकको अवस्था निकै कमजोर भएका बेला राज्यले आर्थिक स्थिति बलियो बनाउनका लगि विशेष नीति ल्याउन आवश्यक भएको अन्यथा ढिला गरे नेपालको अवस्था श्रीलंका भन्दापनि ठूलो संकटमा जाने जनाए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति भएको र वर्तमान सरकार संग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भईरहेको बताए ।

निर्वाचनमा पार्टी र गठबन्धन गरेर चुनाव लडेका पार्टीहरुको अवस्था जनताले दिएको मतले खासै मन नपराएको बताए । हालसम्म कुनैपनि पार्टीले जनताका आधारभूत पक्षमा हितकर काम नगरेको उल्लेख गरे । उनले भने, देश र जनताको उत्थानका लागि रुपान्तरण आवश्यक भएको भन्दै वैज्ञानिक समाजवादले मात्रै देशको सार्वभौम सुरक्षा एंव जनताका आधारभूत कुराहरुको परिपूर्तिका लागि समाजवादको बिषयमा सबैपार्टी एकभएर खुल्ला रुपमा बहस गर्नुपर्ने जनाए ।

प्रकाशित मिति : २०७९ मङ्सिर २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस