दाङमा खुकुरी प्रहारबाट एक वृद्ध घाइते

तुलसीपुर । दाङमा एक वृद्धमाथि खुकुरी प्रहार भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लकाअनुसार सामान्य विवादमै भएको खकुरी प्रहारबाट तुलसीपुर-३ सिस्नेरी निबासी ७० वर्षका विजुली घर्ती गम्भिर घाइते भएका छन् ।

घाइते वृद्धको टाउकोमा गहिरो चोट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने सोही ठाउँ निबासी जीतबहादुर घर्तीलाई पक्राउ गरिएको डिएसपी मल्लले जानकारी दिए ।

पक्राउ परेका घर्तीका विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस