तुलसीपुर । तुलसीपुरको हात्तिखौवास्थित सञ्चालन हुने भनिएको मेला तोकिएकै मितिमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
तुलसीपुर उपमहानगरपलिका वडा नं. ६ घोराही रोडमा यही मंसिर १५ गतेदेखि २६ गतेसम्म तुलसीपुरमा अत्याधुनिक पुस्तकालय निर्माणका लागि युथ्स अफ तुलसीपुरको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय कृषि तथा ब्यापारिक मेला सञ्चालन हुँदैछ ।
गएको कात्तिक १४ गते तुलसीपुर उपमहानगरपालिकालाई व्यापारिक महोत्सवका लागि मनोरञ्जन कर वाफत एक लाख कर बुझाई सकेकाले मेला तोकिएकै समयमा हुने युथ्स अफ तुलसीपुरका सचिव आकाश भण्डारीले बताए ।
उनका अनुसार अहिलेसम्म मेला सञ्चालनका लागि ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार


