प्रतिनिधि सभामा निर्वाचित रिजाललाई चाँदीको मुकुट

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका नेता रमेश रिजाललाई धोबिनी गाउँपालिका उपाध्यक्ष मञ्जु देवीले चाँदीको मुकुट लगाइदिएकी छन् ।

निर्वाचित भएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न रिजाल आइतबार साँझ धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा पुगेका थिए । रिजाललाई त्यहीँ चाँदीको मुकुट लगाइदिइएको हो । उपाध्यक्ष मन्जु देवी पनि नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि राजेशमान सिंहलाई पनि तत्कालीन सांसद प्रदीप यादवले बधाई दिने क्रममा चाँदीको मुकुट लगाइदिएका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस