
दाङ । दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । तुलसीपुर-१६ जहदागाउँको मलवारे कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा सोहि ठाउँका ४८ वर्षीय झगबहादुर भनिने सुरेश डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर इन्सपेक्टर पर्वत केसीले जानकारी दिए ।
दिउँसो साढे २ बजेतिर स्थानीय कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा डाँगीको घटनास्थलमै मृत्यु भएको हो । डाँगीको कैलालीको भजनी नगरपालिका-७ ढुसेका घर भए पनि तुलसीपुर-१६ मा बस्दै आएका थिए ।
स्थानीय पेन्डु चौधरीको घरबाट करेन्टको तार लगेर मृतक डाँगीसहित तीन जना मल्वारे कुलोमा माछा मार्न गएका थिए । त्यसक्रममा डाँगीको कुलोमै करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको शब पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउन लागिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर १० गते शनिवार