काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आइरहेको छ । हालसम्म १६५ क्षेत्रमध्ये १२९ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ ।
बाँकी रहेका ३६ क्षेत्रमध्ये ३ क्षेत्रको मतगणना अझै सुरू भएको छैन ।
बाँकी ३३ क्षेत्रमा मुख्यतया नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता लिएका छन् ।
जसमा नेकपा एमालेले ११, नेपाली कांग्रेस १०, नेकपा माओवादी केन्द्र ६, राष्ट्रिय स्वतन्त्र पार्टी १, जसपा ३, राप्रपा २ स्थानमा अग्रता लिएका छन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर ९ गते शुक्रवार


