दाङ । दाङको क्षेत्र नं. १ को प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता इन्द्रजित चौधरी विजयी भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी एमालेका गंगाराम भट्टराईलाई १ हजार ७ सय ७५ मतान्तरले पछि पार्दै विजयी भएका छन् । चौधरीले १३ हजार ५ सय ५ मत ल्याएका छन्, भने भट्टराइले ११ हजार ७ सय ३० मत ल्याएका छन् ।
चौधरी बहालवाला लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान मन्त्री समेत हुन् ।
उनी २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए, भने २०७७ सालमा सोही क्षेत्रमा प्रदेशसभा सदस्य भएका थिए ।
प्रकाशित मिति : २०७९ मङ्सिर ९ गते शुक्रवार


