
तुलसीपुर । दाङ क्षेत्र नं. ३ (क) को प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका डिल्ली बहादुर चौधरी निर्वाचित भएका छन् ।
चौधरीले १९ हजार ८ सय ५० मत प्राप्त गरी विजयी भएका हुन ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेले १४ हजार ४ सय ५० मत ल्याएका छन् । उनीहरु बीच ५ हजार ४ सय मतान्तर रहेको छ ।
दाङ क्षेत्र नं. ३ (क) मा ६६ हजार ४ सय ८६ मतदाता रहेकोमा ४० हजार ७ सय ८९ मत खसेको थियो ।
प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार