घोराही । दाङ क्षेत्र नं. २ (क) मा नेपाली काङ्ग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (क)को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत कृपासुर कार्किले जानकारी दिनुभएको छ ।
यस्तै नेकपा (एमाले) का उम्मेदवार बलिभद्र रानाले १४ हजार ४ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गोपाल बेल्बासेले ३ हजार ६ सय ३७ मत प्राप्त गरेकी छन ।
बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाका ४,१३,१४,१५,१७,१८,१९ पर्दछन् । उक्त क्षेत्रमा ३७ हजार ८६ मतगणना गरिएको थियो ।
१ हजर ४ सय ८५ मत बदर भएको निर्वाचन अधिकृत कार्किले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार


