दाङ । दाङ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका रेखा शर्माले अग्रता कायर्म रखेकी छिन् । ३५ हजार ३ सय ६० मत गणना हुँदा रेखाले १३ हजार २ सय ४ मत प्राप्त गरेकी छन्, भने एमाले महासचिब शंकर पोखरेलले ११ हजार ५ सय ८८ मत प्राप्त गरेका छन् ।
उनीहरुबीचको मतान्तर १ हजार ६ सय १६ रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ६ हजार ३ सय ५० मत प्राप्त गरेका छन् । रेखाले सुरुवातदेखि नै अग्रता लिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । क्षेत्र नं. २ मा एक लाख ३३ हजार ७ सय ४८ मतदाता मध्ये ७९ हजार ४ सय ४६ मत खसेको थियो ।
क्षेत्र नं. २ को जिल्ला समन्वय समिति दाङको हलमा मतगणना भइरहेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार


