
दाङ । दाङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभामा गठबन्धनका साझा उमेदवार नेपाली कांग्रेसका दिपक गिरीले अग्रता कायम राखेका छन् ।
८ हजार ५ सय १४ मत गणना हुँदा गिरीले नेकपा एमालेका कोमल वलीलाई ५ सय बढी मतान्तरले पछि पार्दै अग्रता लिएका छन् ।
कांग्रेसका गिरीले ३ हजार ४ सय ६० मतका साथ अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका वलीले २ हजार ९ सय २९ मतका साथ पछ्याइरहेकी छिन् ।
गिरी र वलीबीचको मतान्तर ५ सय ३१ मत रहेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार