काठमाडौं–१ बाट कांग्रेसका प्रकाशमान सिंह विजयी

काठमाडौं । काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथो पटक सांसद बनेका छन् ।

सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई मतान्तरले पराजित गर्दै सिंहले ७ हजार १४३ मत ल्याएर विजयी भएका छन् । निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् ।

यसअघि २०७४को चुनावमा सिंह १० हजार ९३७ मतका साथ विजयी भएका थिए । तत्कालीन विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र १० हजार ११८ मतका साथ दोस्रो स्थानमा आएका थिए ।

तर, पछिल्लो समयमा राप्रपामा लागेका मिश्र दोस्रोपटक सिंहसँग भिड्न काठमाडौं–१ मा नै आएका थिए । यसपटक सिंहका प्रतिस्पर्धामा धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा आएपछि प्रतिस्पर्धा रोचक बनेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस