काठमाण्डाै – प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव अन्तर्गत ललितपुर र भक्तपुरमा रातिदेखि मतगणना सुरु भएको छ । ललितपुर क्षेत्र नम्बर २ र भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको हो ।
ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा भैरहेको हो । ललितपुरमा ५८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन उम्मेदवार र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । बोडेमा रहेको कृषि विकास तालिम केन्द्रमा रमतगणना भैरहेको हो । भक्तपुरमा करिब ७२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय जानकारी दिएको छ । यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत र गठबन्धनबाट कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्री लगायत प्रतिस्पर्धामा छन् ।


