गढवा । गढवा गाउँपालिका वडा १ बडहराका निश्चल यादवलाई मृत अवस्थामा प्रहरीले फेला परेको छ। यादव शनिबार दिउँसो १२ः१५ बजे कपाल काटेर नुहाउन गएको बेला राप्ती नदीमा डुबेर हराएका थिए।
आज चौथौ दिन डुबेको स्थान देसख पश्चिमतिर झोलुङ्गे पुलको सिधा तल मृत अवस्थामा भेटिएको रामसुरत यादवले जानकारी दिए । १६ वर्षीय निश्चल यादव बुध्द ज्योति माध्यमिक विद्यालय गढवामा कक्षा दशमा अध्ययनरत थिए ।
कार्तिक २६ गते दिउँसो कपाल काटेर साथीसँग नदीमा नुहाउन गएका यादव नुहाउने क्रममा राप्ती नदीमा डुबेर वेपत्ता भएका थिए । कपडा धुन गएका महिलाहरुले उनलाई डुब्दै गरेको देखेर हारगुहार गरी स्थानीयलाई खबर गरेका थिए ।
जानकारीपछि तत्काल नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले डुंगाबाट र स्थानीय हुवाहरु पानीमै पसेर तिन दुई दिन खोजी गरे तर पनि कुनै सफल्ता मिलेको थिएन ।
तेस्रो दिन सेनाको टोली, शसस्त्र प्रहरी, नेपाली सेनाको टोली, स्थानीयहरु र समशेरगञ्जबाट आएको तालिम प्राप्त गोताखोर टोली लागेका दिनभरी खोजतलास गरे तर फेला पार्न सकेका थिएनन्।
चौथो दिन बिहान करिब ८ः४५ बजे डुबेको ठाउँभन्दा दुई सय मिटर पश्चिम झोलुङ्गे पुलको नजिकै फेला परेको पारिवारिक स्रोतले बताएको छ ।


