दाङ । एकीकृत समाजवादी पार्टीका जिल्ला सचिबालय सदस्य तथा युवा संघ जिल्ला संयोजकबाट राजीनामा दिएर स्वतन्त्र बसेका हरिस गिरीको नेतृत्वमा पाँच सय बढी युवाहरु माओवादी केन्द्रमा समाहित भएका छन् । सोमबार तुलसीपुरमा बिशेष कार्यक्रम गरि गिरीको नेतृत्वमा सयौं युवा माओवादी केन्द्रमा समाहित भएका हुन् ।

आफूहरु तीन घोषणासहित माओवादी केन्द्रमा समाहित भएको गिरीले जानकारी दिए । कार्यक्रमको नाम नै ‘बिशेष घोषणा’ राखिएको थियो । गिरीले माओवादी केन्द्रकै नेतृत्वमा मुलकको व्यवस्था बदलिएको र माओवादी केन्द्रकै नेतृत्वमा अवस्था बदल्नका लागि आफूहरुसहित सयौं युवाहरु माओवादी केन्द्रमा गोलबद्ध पहिलो घोषणा गरेका थिए । त्यस्तै मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन नभएर संविधान र व्यवस्था बचाउने निर्वाचन भएकाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सक्रियतापूर्वक लाग्ने दोस्रो घोषणा उनले गरेका थिए ।
तेस्रो घोषणाको रुपमा गिरीले बेरोजगारी, भ्रष्टाचारलगायतका बिरुद्ध अब राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रहरुले आफूहरुले नेतृत्व गर्ने घोषणा गरेका थिए । उनले अबको भविष्य माओवादी भएकाले सबै युवाहरु माओवादी केन्द्रमै आबद्ध हुनुपर्ने समेत बताए । आफूहरुले एमालेको प्रतिगनका विरुद्ध यसअघि पनि आन्दोलन गरेको भन्दै सबै युवाहरु यसका विरुद्ध आगामी दिनमा पनि एकढिक्का भएर लाग्ने समेत बताए ।

एमाले जिल्ला सदस्य एवं युवा नेता बिक पनि माओवादीमा
त्यस्तै एमालेका जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघका प्रदेश कमिटि सदस्य लिला विकको नेतृत्वमा अरु युवाहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, केन्द्रीय निर्वाचन आयोग प्रमुख कुवेर वली, पोलिटब्यूरो सदस्य जगप्रसाद शर्मा ‘अपार’, बाम लोकतान्त्रिक गठबन्धन दाङ क्षेत्र नं ३ (ख)का उम्मेदवार धनबहादुर मास्की (राजेश)सहित नेताहरुले स्वागत गरेको वाईसिएलका जिल्ला इन्चार्ज अमर नेपाली‘माईकल’ले जानकारी दिए ।

कार्यक्रममा उपाध्यक्ष महराले प्रतिमणका विरुद्ध युवाहरु माओवादी केन्द्रमा गोलबद्ध हुन आवश्यक रहेको बताए । गठबन्धनले सबै क्षेत्रमा जित्ने समेत उपाध्यक्ष महराले बताए । हरिस गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण हिरा सुनार ‘सारथी’ ले गरेका थिए ।



