यो गठबन्धन २–३ वटा चुनावसम्म रहन्छ : प्रधानमन्त्री देउवा

चितवन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धनले २–३ वटा चुनावसम्म कायम रहने बताएका छन् ।

चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चितवनमा गठबन्धनलाई जिताए थप २–३ वटा चुनावसम्म गठबन्धन कायम नै रहने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले यो गठबन्धन कायम रहँदा मात्रै देशको विकास, सुशासन र राष्ट्रिय हित हुने दावी गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदलाई खेलौना ठानेको पनि देउवाले आरोप लगाए । ‘ओलीले संसदलाई खेलौना ठानेर २/२ पटकसम्म संसद विघटन गरे, हामीले संसदलाई फिर्ता ल्यायौं’ उनले भने ।

प्रकाशित मिति : २०७९ कार्तिक २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस