घोराहीवाट मशालका ४ जना कार्यक्रता पक्राउ

घोराही। निर्वाचन विथोल्न खोजेको भन्दै दाङमा नेकपा मशालका ४ जना नेता कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा मशालले चुनाव बहिस्कारको सभा गर्ने क्रममा प्रहरीले घोराहीबाट शुक्रवार ४ जना नेता कार्याकर्तालाई पक्राउ गरेको हो ।

निर्वाचन विथोल्ने गतिविधि गरेको भन्दै कार्यक्रम स्थलबाटै प्रहरीले बामपन्थी नेता ओमबहादुर केसी, मशालका दाङ जिल्ला सदस्य लिलाबहादुर पुन लालध्वज, जिल्ला नेता मेघराज भट्टराई र पार्टीकी स्थानीय नेतृ यमसरी जिएमलाई पक्राउ गरेको मशालका नेता रामबहादुर जिएमले बताए ।

नेकपा मशालले पक्राउ पर्नु अघि शुक्रवारमात्रै घोराहीमा तीन ठाउँमा चुनाव बिहिष्कार गर्ने सभा गरिसकेका थिए ।

प्रहरीले पटक पटक यस्ता गतिविधि नगर्न भन्दै सम्झाउदा पनि नमानेपछि चौथो पटक विरोध सभा गर्नेक्रममा घोराहीको दामोदर चोकबाट पक्राउ गरिएको डिएसपी राजनकुमार गौतमले बताए ।

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस