राजनीतिलाई समृद्धिमा जोड्ने पुल हो दिपक

तुलसीपुर । शुक्रवार विहान दुधरासको चियापसलमा अलि आकर्षक र अलि आक्रमक चुनावी वहस चलिरहँदा निर्वाचन क्षेत्र नम्बर ३ का संघका उम्मेदवार दिपक गिरीका सन्दर्भमै धेरै चर्चा परिचर्चा भए । प्रतिष्पर्धि कोमल ओलीलाई लोकगायनको कलाकारका रुपमा उनीहरुले टिप्पणी गरिरहेका थिए भने दिपकलाई विकासको कलाकारका रुपमा चित्रण गरिरहे ।

त्यहिँबीचमा एक जना स्थानीयबासी डिल्ली डाँगीले दिपकलाई यसरी प्रस्ट्याए । अर्थात् दिपक एउटा होनहार राजनीतिक योद्धासँगै राजनीतिलाई विकास र समृद्धिसँग जोड्ने एउटा अभियन्ता हो । डाँगीकै भनाइमा दिपकको वोडि ल्याङग्येज होइन, अन्तरमनमा बझ्नु पर्दछ । चाहेको भए दिपक अमेरिकी मुलुकमा अध्ययन गर्न जान सक्थ्यो, उसँग सम्पर्क र सम्पत्ति पनि थियो, तर उ राजनीतिको मियोमा सधैं रहिरह्यो । अविरल राजनीतिक यात्राको यात्रु हो दिपक । डाँगी बोलिरहेका थिए । अवसर दिए दिपकले पश्चिम दाङ मात्र होइन, सिंगै दाङको समृद्धिको भविष कोर्ने खाका छ, दिपकसँग ।


हो निर्वाचन नजिकिंदै गर्दा दिपकका राजनीतिक योगदान र विकास निर्माणमा गरेको योगदानका विषयमा जिल्लाभर चर्चा परिचर्चा हुन थालेको छ । दुधरासमा होस वा बिजौरीमा । हापुरेमा होस् वा गोल्टाकुरीमा दिपककै चर्चा हुन थालेको त्यहाँका मतदाताहरुले बताएका छन् ।


दिपक गिरीको चर्चा हुनुको एउटै कारण उनले राजनीतिमा पनि आफ्ना पकड जमाएका छन्, समृद्धिमा पनि उनको अर्थपूर्ण भूमिका छ । विद्यार्थी उमेरमै राजनीतिमा प्रवेश गरेका गिरी जव किर्तिपुरको त्रिभुवन विश्वविद्यालयमा नेविसंघको राजनीतिमा थिए, त्यहीबेला त्रिविविका भिसिसँगको सम्बन्धका कारण उनले पश्चिम दाङको तुलसीपुरमा राप्ती बबई क्याम्पस खोल्न सफल भए । जुन क्याम्पसका कारण त्यो बेला धेरै छोरी बुहारीहरुले उच्च शिक्षा अध्ययनको अवसर पाएका थिए । निर्वाचनको संघारमा उनले राप्ती बबई क्याम्पसलाई मात्र नभएर आफ्नो निर्वाचन क्षेत्रमा विशिष्ट श्रेणीको प्राविधिक शिक्षालय खोल्ने समेत अठोट गरेका छन् ।


त्यसो त उनको अबको अभियान भनेको युवा रोजगारी मार्फत समृद्धि हो । राजनीति एउटा माध्यम हो, यसैमा टेकेर अब विकासको अभियानमा जोडिनु पर्दछ, दिपक गिरीले चुनावी अभियानमा भन्ने गरेका छन् । जिल्लामा पनि नेपाली कांग्रेसको पार्टी राजनीतिलाई उनले करीव करीव युवाहरुको जिम्मा लगाएका छन् । सम्भवतः उनी पछि पश्चिम दाङको राजनीतिक पकड पनि युवाहरुमै आउने छ । युवाहरु विदेशिएको देख्दा गिरीका मन खिन्न छ । भन्छन्, उनीहरुलाई नेपाल फर्काएर खाडि मुलुककै सरहको पारिश्रमिक दिने व्यवस्थापन हामीले गर्न सक्ने छौं, त्यसका लागि चुनाव जितेर संसदमा पुग्नु पर्यो ।


को हुन् दिपक गिरी ?
एउटा १३ वर्षीय ठिटो, तानाशाही, स्वेच्छाचारी, पारिवारिक शासनलाई उखेलेर फ्याँक्ने दृढ संकल्प अनि शासन सत्ताको सम्पूर्ण वाग्डोर जनताका प्रतिनिधिहरूको हातमा रहनु पर्छ भन्ने उत्कट अभिलाषा । एउटा फुच्चे ठिटोका यस्तै यस्तै ठूला सोचले नै होला, काँग्रेस नेता दीपक गिरीलाई तत्कालीन प्रशासनले आँखी बनाइरह्यो । मुलुकमा प्रजातन्त्र प्राप्तीको अभियानमा लागेको आरोपमा उनी २०३० सालमा तुलसीपुरस्थित महेन्द्र मा.विमा पढ्दा पढ्दै गिरफ्तारीमा परे । तेह्र बर्षकै उमेरमा प्रशासनद्वारा गिरफ्तार भइ १३ दिनसम्म हिरासतमा बस्नु पक्कै पनि अहिलेको सन्दर्भमा स्मरणीय कुरा हो ।


२०३१ सालमाअर्थात १४ वर्षकै उमेरमा अञ्चलाधीशको ठाडो आदेशमा २९ दिनसम्म हिरासतमा रहहेका गिरी २०३७ सालमा ५७ दिनसम्म अञ्चलाधीशको ठाडो आदेशमा हिरासतमा रहे । वि.सं २०४६ सालपूर्व प्रशासनको मुख्य निशानामा रहदै भूमिगत रुपमै पार्टीको काममा सक्रिय भूमिका निर्वाह गरेका गिरी वि.सं २०६२/०६३ मा काठमाडौंको गोंगवुमा लोकतन्त्र प्राप्तीको जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरे । काँग्रेस नेता दीपक गिरीको जीवनका रोमाञ्चकारी र कहालीलाग्दा ऐतिहासिक पलहरु हुन् ।


वि.सं २०१८ साल चैत्र ३ गते वुवालोकमणी गिरी र माता छायादेवी गिरीको कोखवाट दांगको सुकदेवामा जन्मिएका दीपक गिरी नेपाली राजनीतिको मीयो हुन् । प्राथमिक तहको अध्ययन काठमाण्डौं स्थित सेन्ट जोसेफ स्कुलमा र मा.वितह सम्मको अध्ययन तुलसीपुरस्थित महेन्द्र मा.विमा गरेका जुझारु नेता गिरी त्रिभुवन विश्व विद्यालयवाट इतिहासमा स्नातकोत्तर उतीर्ण गरे । जनतामाझ जुझारु र विकास प्रेमी नेताकारुपमा स्थापित गिरीको नेपाली काँग्रेस यात्रा २०३४ सालमा भारतको गोरखपुरमा सक्रिय सदस्यता लिएर भएको हो ।


जब म नेपालको परिकल्पना गर्छु, त्यसवेला तीनै गरिब नेपाली दाजु भाइहरुको तस्वीर मेरो आँखा अगाडि आउँछ, मैला लुगा लगाएको, खान नपाएको र रोगी अनुहारको तस्वीर, अनि मलाई लाग्छ, ती रोगी, खान नपाएकाहरुको हो । हाम्रो, देश । त्यसो हुनाले त्यहि खान नपाएको पेटमा अन्न जाओस् । हास्न नपाएको ओठमा हासो आओस्, रोगीले औषधिमुलो पाओस् । केटाकेटीले पढ्न पाउन भनेर नै हामी राजनीतिमा लोगेको हुं दिपकको आवाज हो यो ।


विपीको आदर्शका अनुयायी नेता दीपक गिरी, २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीतिलिई महामानव वि.पी. कोइराला काठमाडौंमा ओर्लदा उहाँको स्वागतमा सक्रियता पूर्वक खटिने मध्यका एक हुन् । विसं २०३४ सालमा दाङ जिल्लाको क्षेत्रीय सभापति, २०३६ सालमा नेवि संघको केन्द्रीय सदस्य, २०३६ सालमै नेविसंघको राष्ट्रिय अधिवेशनको तैयारी समितिको संयोजक, २०४२ सालमा सत्याग्रह आन्दोलनको केन्द्रीय एक्सन कमिटीको सदस्य, २०४३ सालमा त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनको महासचिव र २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर नेतृत्वदायी भुमिका निर्वाह गरेको ऐतिहासिक पृष्टभुमि काँग्रेस नेता गिरीसित छ ।


नेता दीपक गिरीसित २०५१ सालमा तथा २०६४ साल चैत्र २८ गते सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा संविधान सभा सदस्यका लागि उम्मेदवार भएको तथा २०७० साल मंसिर ४ गते सम्पन्न निर्वाचनमा दाङ जिल्ला क्षेत्र नंम्वर ५ बाट संविधान सभा सदस्यमा निर्वाचित भएर २०७३ साल भदौ १० गते नेपाल सरकारको सिंचाइमन्त्रीका रुपमा जिम्मेवारी बहन गरेको अनुभव छ । त्यहि छोटो समयमा पनि उनले निर्वाचनमा गरेको प्रतिवद्धता अनुरुप दाङमा बृहत दाङ सिचाइ आयोजना सन्चालनमा ल्याए । बार्षिक एक अर्वको बजेट पर्ने गरी कम्तिमा २० बर्षका लागि स्थापना गरीएको परीयोजनाबाट कम्तिमा पनि ५३ हजार हेक्टर जमिन सिंचित हुने छ ।


आफ्नो नौ महिने छोटो कार्यकालमा पनि सिंचाइ क्षेत्रका साथै यातायात, खानेपानी पुलपुलेसा तथा कृषि क्षेत्रको विकासका लागि विषेश काम गर्ने मन्त्रीका रुपमा स्थापित नेता गिरी देशव्यापी रुपमै विकासप्रेमी र जुझारु नेताका रुपमा परिचित छन् ।

रमणीय दाङ उपत्यकालाई प्रदेश नम्बर ५ को राजधानी बनाउन कम्मर कसेरै लागेका पूर्व मन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य गिरीकै अगुवाईमा तुलसीपुरमा उच्च अदालतको स्थापना तथा संघिय प्रहरी ईकाइ कार्यालयको स्थापना भएको स्मरणीय नै छ ।

दाङ वृहत् सिंचाइ योजना, प्युठान रोल्पाको माडी तथा माडि नदीको पानीलाई दाङमा ल्याउने, सल्यानको शारदा नदीको पानीलाई दाङमा ल्याउने जस्ता आयोजनाहरुका सुत्रधार काँग्रेस नेता गिरी नै हुन् । अर्थात विकासका मोडेल दिपक गिरी । सम्पूर्ण खोलालाई हाईड्याम बाँधबाँध्ने, तालत लैयाको संरक्षण गर्ने, पानी कामुल, मुहान, कुवाँ, इनारहरुको संरक्षण गर्ने, डिप बोरिङ (भुमिगत जलश्रोत)को विकास गर्ने, लिफ्ट सिंचाई गरि दंगाली मलिलो फाटलाई अन्न भण्डार जिल्लाका रुपमा स्थापित गर्ने महान योजना छ गिरीसँग ।


उसो त फोहरा सिंचाई तथा नयाँ योजनाहरु, बबई नदी र दाङका खोलाहरुलाई गुरुयोजना अनुसार नै उपयोग गरेर कृषि पकेट जिल्लाका रुपमा विश्वसामु चिनाउने र दंगाली कृषकको आय आर्जनमा वृद्धि गरि आम कृषकहरुका सपना साकार पार्ने योजनाहरु छन् । यसका लागि उनले आफ्नो कार्यकालको छोटो अवधिमै पनि धेरै कामको थालनी गरिसकका छन् । आफुले गरेका विकास र समृद्धिलाईनै आफ्नो विजयीको मुख्य आधार भन्छन् गिरी । अबको दश दिनपछि हुने निर्वाचनले उनको अभिव्यक्तिलाइ अनुमोदन गर्ने पनि मतदाताहरुको भनाइ थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस