एमाले उपाध्यक्ष पौडेल प्रतिष्ठा जोगाउन, जनमुक्तिका थापा इतिहास रच्न

बुटवल । देशका अन्य जिल्लाहरु भन्दा नेकपा एमालेका लागि निकै महत्वपूर्ण नजिर बाट हेर्नेे निर्वाचन क्षेत्र हो, रुपन्देही क्षेत्र न–२ । एमाले पार्टीको प्रतिष्ठा संग जोडिएको सो क्षेत्रमा लगातार ३ पटक एमालेका नेता विष्णुप्रसाद पौडेलले जितेपछि उनको नाम चर्चामा रहँदै आएको छ ।

तत्कालिन नेकपा माओवादीका नेता बाबुराम भट्टराई, नेपाली काँग्रेसका नेता युवराज गिरीलाई पराजित गरी संसदको तेस्रोपटकको यात्रालाई साकार पारेका नेता पौडेल चौथोपटक संसद यात्रालाई सुनिश्चित गराउन अहिले घरदैलो मैदानमा छन् । नेता पौडेलको मुख्य प्रतिष्पर्धीका रुपमा रहेका स्वतन्त्र उम्मेदवार निकोलस भुसाल (कमल) र पाँच दलिय गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका नेता राजु गरुङ्ग अगाडि बढेपछि टाउको दुखाई विषय बन्यो । तर उम्मेदवार माथि उजुरी दर्ता गर्नसक्ने दिन नेकपा एमालेका कार्यकर्ता तर स्वतन्त्रको नाममा उम्मेदवारी दिने भनिएका विष्णु विश्वकर्मा र टोपनारायण पौडेले उजुरी दिएपछि विवादित बनेका भुसाल र गुरुङ्गलाई बैंकिङ्ग कसुरको मुद्धा उब्जियो ।

सत्ता गठबन्धनको साथ रहेका थापाले रुपन्देही क्षेत्र न–२ बाट ह्याट्रिक गरेका विष्णुलाई हराएर इतिहास रच्ने दाउमा छन् भने, एमाले नेता पौडेल विरासत जोगाउने पेचमा छन् ।

न्याय माग्न सर्वाेच्च अदालत पुगेका दुवैजनाको अन्ततः सर्वाेच्चले उम्मेदवारी खारेज गरेपछि नेता पौडेललाई चुनावी कित्ता फराकिलो बन्न पुग्यो । प्रतिष्पर्धीहरु मैदानबाट आउट भएपछि निशंकोच रहेका एमाले तर्फका उम्मेदवार पौडेललाई यसपटक विरासत जोगाउने बिषय भने विगत जस्तो सजिलो छैन् । गठबन्धन र स्वतन्त्र नरहेपछि हाल पौडेलको प्रतिष्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशव बहादुर थापा बनेका छन् ।

सत्ता गठबन्धनको साथ रहेका थापाले रुपन्देही क्षेत्र न–२ बाट ह्याट्रिक गरेका विष्णुलाई हराएर इतिहास रच्ने दाउमा छन् भने, एमाले नेता पौडेल विरासत जोगाउने पेचमा छन् । ०७४ सालदेखि प्रतिनिधिसभा निर्वाचनमा आफ्ना प्रतिष्पर्धीलाई दोब्बर मतान्तरले पराजित गराउँदै आएका पौडेललाई लुम्विनी प्रदेशको स्थायी राजधानी स्थापित गर्छु भनेर गरेका पूर्व प्रतिबद्धता पुरा नगर्नु, अर्थमन्त्री पद संग प्रदेश राजधानी साटेर चुप लागेर बसेको आरोप संगै वालवाटार जग्गा प्रसंगले बुटवलबासीको मन चिढाएको छ । ०७४ सालको निर्वाचनमा तेस्रो स्थान भएको राष्ट्रिय जनमुक्ति पार्टीबाट केवी पुन प्रतिस्पर्धामा थिए ।

०७४ सालको निर्वाचनमा एमालेलाई माओवादी केन्द्रको साथ थियो । अहिले माओवादी केन्द्र सत्ता गठबन्धनमा छ । विगतको चुनावमा घोषणापत्रमा जनाएका अधिकांश प्रतिबद्धताहरु ५ वर्षसम्ममा पनि नेता पौडेलले नगरेको गुनासो जनस्तरमा सुनिन्छ ।

०७९ मंसिर ४ गते हुने निर्वाचनमा भने जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष थापालाई उम्मेदवार वनाएको छ । जनमुक्तिका नेता थापाले सत्ता गठबन्धनको साथ पाएका छन् भने (हेबीवेट) मानिने एमाले नेता पौडेललाई राप्रपा र जनता समाजवादी पार्टीको समर्थन छ । गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा क्षेत्र न–२ मा पर्ने बुटवल उप–महानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका थिए । स्थानीय तहमा अहिलेकै सत्ता गठबन्धन कायम थियो ।

पछिल्लो समय एमाले पार्टी विभाजन र सत्ता गठबन्धनमा राष्ट्रिय जनमुक्ति पार्टी थपिएकाले सत्ता गठबन्धनका उम्मेदवारहरुको जित हुने नेपाली काँग्रेस क्षेत्र न–२ का कार्यवाहक सभापति पर्शुराम ढकालले बताए । ०७४ सालको निर्वाचनमा एमालेलाई माओवादी केन्द्रको साथ थियो । अहिले माओवादी केन्द्र सत्ता गठबन्धनमा छ । विगतको चुनावमा घोषणापत्रमा जनाएका अधिकांश प्रतिबद्धताहरु ५ वर्षसम्ममा पनि नेता पौडेलले नगरेको गुनासो जनस्तरमा सुनिन्छ । निर्वाचित भएपछि सुकुम्बासीलाई लालपुर्जा दिने प्रतिबद्धता आश्वासन मात्र भएको, बुटवलको बजार क्षेत्रमाथि बाट विस्तार भएको जोखिम हाईटेसन लाईन र अन्य विस्तारित लाईनलाई भूमिगत गरिने भनिएको, बुटवलबासीलाई झुम्साबाट पानी ल्याएर अभावपूर्ति गर्ने जस्ता समस्याको हल गर्न नसकेको आरोप सुकुम्बासी तथा बजार क्षेत्रका स्थानियहरुको छ ।

प्रतिनिधि सभामा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष थापाको चुनावी लडाइँ पहिलो हो । त्यस्तै प्रदेश सभा सदस्य पदका (क) बाट नेपाली काँग्रेसका उम्मेदवार दीर्घबहादुर केसी (कुमार), (ख) बाट माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एंव लुम्विनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री उम्मेदवार छन् । प्रतिनिधिसभा सदस्य पदमा एमाले उम्मेदवार विष्णु पौडेल र प्रदेश सभाका उम्मेदवारहरु लुम्विनी प्रदेश सरकारको सांसद तथा मन्त्री भईसकेका नेता हुन् ।

सत्ता गठबन्धनका प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारहरु नयाँ अनुहार भएको र एमालेबाट सन्तुष्ट नभएका मतदाताहरुको विकल्प गठबन्धन भएको नेपाली काँग्रेसका क्षेत्रीय सचिव प्रजापाल गिरीको भनाई छ । चुनावी प्रचारप्रसारमा मतदाताले देखाएको प्रतिक्रियाले सत्ता गठबन्धनका उम्मेदवारको जित हुने विश्वास बढेको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पोलिटव्यूरो सदस्य गोविन्द केसीले जनाए ।

सत्तागठबन्ध र जनमुक्ति पार्टीबिच जनमुक्तिका उम्मेदवारलाई समर्थन गर्ने र प्रदेश सभा तथा जिल्लामा अन्य क्षेत्रमा पनि जनमुक्तिले सत्तागठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भद्र सहमति भएकाले हार नहुने अपेक्षा गरिएको राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही जिल्ला अध्यक्ष प्रेम बहादुर थापाले बताए ।

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस