दाङ क्षेत्र नं. २ : ‘बिजयीको आभाष दिलाउँदै बंगलाचुली’

दाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाका निर्वाचनका लागि उम्मेदवार तथा नेता कार्यकर्ता मतदाताको घरदैलोमा पुुग्न भ्याई नभ्याई छ । कतै घरदैलो तँ कतै चुनावीसभामा उम्मेदवार नेता कार्यकर्ता गाउँ गाउँ दौडिरहेका छन् ।

बुधबार बंगलाचुली गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्न पुगेका गठबन्धनका दल उम्मेदवार तथा नेता कार्यकर्ताहरुले बाजागाजा सहित भव्य स्वागत गरेका छन् । जसले गठबन्धन दलका उम्मेदवार, नेता कार्यकर्ताहरु बिजयीको आभाष दिलाएको छ । आफ्ना दलका नेता कार्यकर्ताहरुलाई बाजागाजा सहित स्वागत गर्न पाउन गठबन्धन दलका स्थानीय कार्यकर्ताहरु खुसी देखिन्थ्ये । बाजागाजामा स्थानीय नेता कार्यकर्ता मात्रै होइन उम्मेदवारहरू अन्य नेता कार्यकर्ताहरु पनि नाचगान गरी खुुसी साटे ।

बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा आयोजित सभालाई सम्बोधन नेकपा(माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्ण बहादुर महरा पुगेका थिए । संयुक्त गठबन्धन निर्वाचन परिचालन समितिले आयोजना पूर्वसभामुख महराले सम्बोधन गर्दै पहाडी दुर्गम गाउँपालिकाको भविष्य गठबन्धन सरकारले नै फेर्ने विश्वास व्यक्त गरेका थिए ।

गठबन्धनको मर्म र धर्मलाई आत्मसाथ गर्दै स्थानीय निर्वाचनमा गाउँपालिकामा सत्ता गठबन्धनले बिजयी हाँसिल गरेको मतदाताहरुलाई धन्यवाद दिदै उनले भने– ‘ सत्ता गठबन्धनमा मर्म र धर्म यस पालिकाका मतदाताहरुले राम्रोसँग बुुझेकाले आगामी मंसिर ४ मा पनि अग्रगमनको पक्षमा मतदान गरी प्रतिगमनलाई पराजय गराउनुु अनुरोध छ ।’

आगामी मंसिर ४ निर्वाचन सत्ताको स्वार्थका लागि हारजितको निर्वाचन नभई मुलुकको भाग्य भविष्य, संविधान जोगाउने र नजोगाउने पक्ष विपक्षको युद्ध रहेकाले सजक मतदाताहरुले प्राप्त उपलब्धिको रक्षाका लागि अग्रमगनकारी शक्ति गठबन्धनलाई बिजयी बनाउनै पर्ने उनले बताए ।

चुनावीसभालाई सम्बोधन गर्दै दाङ क्षेत्र नं. २ प्रतिनिधिसभाकी साझा उम्मेदवार रेखा शर्माले बंगलाचुली भौगोलिक रुपमा दुर्गम, भौतिक विकास र समृद्धिका हिसावले केही पछि परेको देखिए पनि यस क्षेत्रको विकासका लागि आफूले व्यवस्थित योजना सहितको काम निरन्तर गर्दै आइरहेको उनले बताइन् ।

दुर्गम पहाडी क्षेत्रको विकास लागि शिक्षा, स्वास्थ्य खानेपानी, सिचाई, पर्यावरण संरक्षण तथा अन्य नागरिकको दैनिक जीवन स्तर फेर्न विगतदेखि वर्तमान अवस्थामा निरन्तर योगदान पुुर्याउँदै आइरहेको विश्वास व्यक्त गरिने । उनले भनिन–‘ बंगलाचुुली मेरो भूमिगत राजनीतिक जीवनसँग जोडिएको एक क्षेत्र हो । यहाँको विकास लागि धेरै योजना मैले पनि बुन्ने गरेको छु । ’

कार्यक्रममा दाङ क्षेत्र २ (१) का प्रदेशसभाका उम्मेदवार राजु खनालले दुर्गम यस क्षेत्रको विकास र समृद्धिका लागि साझा गठबन्धन खाँचो रहेको औल्याएका थिए । विगतदेखि प्रतिपक्षहरुले यस क्षेत्रको विकास र समृद्धिको पीडाको व्यथामा दिवा सपना र आश्वासनको खेती मात्रै गर्दै आइरहेकाले अब त्यो जनताको सपना र आशालाई व्यवस्थित योजना सहित गठबन्धन सरकारले पुुराग गर्ने विश्वास व्यक्त गरे ।

अघिल्लो निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट प्रदेशसभामा निर्वाचन तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले बाचा गरेका निर्वाचन प्रतिबद्धता पुुरा नगरी पुनः जनताको घरदैलोमा आश्वसनको खेती गर्न प्रतिगमनको बिल्ला लगाई फर्किएकाले बंगलाचुुलीवासीले त्यो विगतको आशा र सपनालाई राम्रोसँग स्मरण गरी आगामी निर्वाचनमा सबक सिकाउने विश्वास उनको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस