बुटवल,। गत आर्थिक बर्ष २०७८÷७९ मा राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व छली गरेर कारोबार गर्नेहरुमाथि कडाई साथ नियमन गरेपछि कार्यालयमा दर्ता भएका १ सय ११ वटा मुद्धाहरुमध्ये ७५ वटा मुद्धाहरुको अनुसन्धान गरिसकेको छ भने, ८ वटालाई मुद्धा दायर गरेको वताएको छ ।
राजस्व चुहावट सम्बन्धि दर्ता भएका मुद्धाहरुमध्ये १४ वटा विदेशी विनिमय शिर्षकका रहेको र जसमध्ये ८ वटा अनुसन्धान सम्पन्न भईसकेको र ६ वटालाई मुद्धा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजेश पन्थीले जनाए । उनका अनुसार गत आर्थिक बर्षमा भिसिटिएस परिचालन १ सय १३ पटक गरिएको र जसबाट राजस्व छली गरेर कारोबार गरेकाहरुलाई नियन्त्रणमा लिएर ५८ लाख ५६ हजार ६ सय ४४ रुपैयाँ जरिवाना बापत रकम असुली गरिएको वताईएको छ ।
कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख भएअनुसार चालु आर्थिक बर्ष २०७९÷८० को कार्तिक १७ गतेसम्मको विवरणमा हेर्दा राजस्व चुहावट सम्बन्धि ४९ वटा सूचना दर्ता भएका छन् । १६ वटाको अनुसन्धान भईसकेको र ३ वटालाई मुद्धा दर्ता गरिएको छ । विदेशी विनिमय सम्बन्धि १० वटा सूचना दर्ता भएका छन्, भने २ वटाको अनुसन्धान सम्पन्न भएको र २ वटालाई मुद्धा दायर गरिएको उल्लेख छ ।
कार्यालयका प्रमुख पन्थीले भने, कार्यालयमा दरबन्दी अनुसार कर्मचारी अभाब छ । २ जना नायव सुब्बा, २ जना अधिकृत रिक्त हँुदा सरकारी वकिल समुहको नायव सुब्बा समेत नहुँदा मुद्धा प्रक्रियामा समस्या भएको भएको वताए । उनी भन्छन्, कर्मचारी सिमित हुँदा अनुसन्धानलाई सशक्त एंव प्रभावकारी रुपमा अगाडि बढाउन सोचे अनुरुप तिव्रता पाउन सकेको छैन् ।
गत बैशाख महिनादेखि कार्तिक १७ गतेसम्म राजस्व अनुसन्धान कार्यालय बुटवलले भिसिटिएस (बिलबिजक) चेकजाँच ३० पटक गरिएको जनाएको छ । जसबाट नियम विपरित कारोबार गरेकाहरु बाट जरिवाना बापत २ लाख रुपैयाँ गरी कुल ६० लाख ५६ हजार ६ सय ४४ रुपैयाँ राजस्व संकलन भएको जनाईएको छ ।


