
तुलसीपुर । कानुन विषय पढ्दै आएका विद्यार्थीहरुलाई लागुपदार्थ दुर्व्यसनी सम्बन्धी जानकारी दिइएको छ । तुलसीपुर वडा नं. १९ हाडिमेस्थित नयाँ पाइला पुर्नस्थापना केन्द्रमा पब्लिक ज्ञानज्योतिका कानुन विषयमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त विषयमा जनकारी दिइएको हो ।
संस्थाका मनोविमर्शदाता शैलेश शर्माले लागुपदार्थ दुर्व्यसनले घर परिवार समाजमा पारेको असरका बारेमा विद्यार्थीहरुलाई जानकारी दिएका थिए । उनले लागुपदार्थ दुर्व्यसनीबाट बच्ने उपाय, उपचारका विषयमा जानकारी गराएका हुन् ।
पब्लिक ज्ञान ज्योति र मेरी गोल्ड बोर्डिङ स्कुलमा अध्ययन गरिरहेका ८० जना विद्यार्थीहरुलाई दुर्व्यसनी सम्बन्धी जानकारी दिइएको हो । कार्यक्रममा कानुन विषय पढाउँदै आएका पब्लिक ज्ञान ज्योतिका सोमराज बस्नेतले दुर्व्यसनी नेपालमा रहेको कानुनीमा रहेको दण्ड सजायका बारेमा समेत जानकारी दिएका थिए ।
हाडिमेमा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रबाट उपचार पछि एक हजार बढी दुर्व्यसनीहरु समाजमा पुर्नस्थापित भएको केन्द्रका निर्देशक सुरेश भुसालले जानकारी दिए । हालसम्म एक लाख बढी अभिभावक, विद्यार्थीहरुलाई दुर्व्यसनी सम्बन्धी सचेतना समेत दिइएको छ । केन्द्रले दुर्व्यसनीमा फसेकाहरुलाई उपचार सँगसँगै सीप समेत सिकाउँदै आएको छ ।