बिजौरी । देशभरि चुनावको रौनक भइरहेको बेला दाङ जिल्लामा पनि चुनावी रौनकले नछुने कुरै भएन । दाङ जिल्लामा त यस पटक रोचकनै हुने देखिएको छ । प्रतिनिधि सभाका लागि तिन महिला र तीन पुरुष भिड्दै छन् । महिलाहरुले पनि अफ्नो राजनितिक हैसियत स्थापित गर्न चाहन्छन् । दुई जना महिला राजनितिक व्याकराउण्डबाट आएका छन् भने एक जना महिला कलाकारिता क्षेत्रबाट राजनीतिमा हामफालेकी छिन् ।
धेरैको चाहना थियो, नयाँ अनुहार आउने छन्, तर खासै नयाँ अनुहारको उपस्थिति देखिएको छैन । पुरानैले आफ्ना यस अघिका योजनालाई प्रार्थमिकता र निरन्तरता दिने अभ्यासमा छन् । तर चुनावी माहौल तातिरहेको समयमा यो साता भने मतदाताहरु खेती स्याहार्न धान खेतमा छन् । निर्वाचन आयोगले आगामी साता चुनावी सभा र घरदैलो कार्यक्रम स्वीकृति दिएको छ । सायद अर्को साता मात्रै मतदाताहरु चुनावी माहौलमा आउने छन् ।
संघीय निर्वाचन क्षेत्रमा दुई चार जना उम्मेदवार टेस्टेड हुन् । उनीहरुले विभिन्न मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेका छन् । प्रदेशसभा निर्वाचनमा डिल्ली बहादुर चौधरी यसअघि पनि मन्त्री तथा विपक्षी हुँदा सार्वजनिक लेखा समितिको सभापतिको भूमिका पनि निर्वाह गरेका छन् । मेटमणि चौधरी भर्सेज शान्ता चौधरी, शंकर पोख्रेल भर्सेज रेखा शर्मा र दिपक गिरी भर्सेज कोमल वली निर्वाचनको मैदानमा छन् ।
केही उम्मेदवारहरु अनटेष्टकोरुपमा चलायमान छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट अनुराग खड्का विकास प्रेमी स्वर्गीय नेता खुम बहादुर खड्काका छोरा हुन् । उनले वाउको बागडोर सम्हाल्न सक्लान् नसक्लान् तर प्रदेश सभाको निर्वाचनमा विजयी भए युवाहरुमा नयाँ उर्जा थपिने निश्चित छ । वली राना यसअघिका खारिएका नेता राजु खनालसँग प्रतिस्पर्धा गर्दै छन् । युवाहरुको जोस लिएर आएका रानालाई खारिएका राजुले कुन हैसियतमा राख्लान् भन्ने मतपरिणामले देखाउने छ । अनटेस्टेड उम्मेदवार गुण्टु नामले चिनिने प्रचण्ड विक्रम न्यौपानेको राजनीतिक छवि कहिल्यै धमिलिएको छैन । विद्यार्थी राजनीतिबाट खारीएर आएका गुण्टुको सामाजिक र राजनीतिक योगदानलाई पनि मतदाताहरुले विर्सने छैनन् । उनीहरुको भाग्य परीक्षामा नम्बर दिने मतदाताहरुले नै हो । यद्यपि मतदाता खेतमा छन् । उम्मेदवारहरुले भेट्न पाएका छैनन् ।
मौन छन् असंगठित मतदाता
यो निर्वाचनको विश्लेषण गर्दा यहाँ नयाँ शक्ति उदाउँने अवस्था छैन । पुरानै दलका पुरानैले स्थान जमाउने देखिएको एक जना मतदाताले बताए । उनको भनाइमा अहिलेको निर्वाचनमा पनि नयाँ पार्टीले स्थान लिने अवस्था छैन, काठमाडौंमा बालिन शाह उदाय जस्तो नतिजा यहाँ कुनै हालतमा आउने छैन’, उनले भने, नयाँ पार्टीको उदय हुन जरुरी छ, तर स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारहरुले त्यो राजनीतिक हैसियत जनतामाझ स्थापित गर्न सकेका छैनन् । उनको बुझाइमा स्वतन्त्र व्यक्तिलाई मत दिनु भनेको राजनीतिक अस्थिरता मात्रै हो, यसले अलोकतान्त्रिक संस्कृतिको अभ्यास सृजना गर्दछ ।
प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ वटा एमालेबाट शान्ता चौधरीले गठबन्धनका उम्मेदवार मेटमणि चौधरीसँग चुनावी मैदानमा छिन । यता क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार रेखा शर्मा र एमालेका शंकर पोख्रेल चुनावी मैदानमा हुनुहन्छ । अनि क्षेत्र नम्वर ३ मा एमालेका कोमल वलीसँग गठवन्धनका उम्मेदवार दिपक गिरी चुनावी मैदानमा छन् ।
कतिपय उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् भने कतिपय खेतमै गएर मत मागेको देखिन्छ तर यतिबेला मतदाता भने खेतीपातीमा व्यस्त छन् । कहिँ कतै मतदाताको झिनो उपस्थिति देखिए पनि मतदाताहरुलाई निर्वाचनको उल्लेख्य उत्साह देखिएको छैन ।
निर्वाचनको मिति नजिकिदै गर्दा पनि मतदाताहरु पहिले जस्तै गरि उत्साह नहुने देखिएको छ । आउँन १८ दिन मात्रै बाँकी रहँदा शान्तिनगर गाउँपालिका–६ कि माया चौधरी धान स्याहार्न व्यस्त छिन । उनी मात्र होइन, उनको सिंगै परिवार धानवाली स्याहार्न खेतबारीमै अभ्यस्त छ । उनको दैलोमा मत माग्न उम्मेदवार आएको विषयमा कुनै जानकारी छैन । त्यसैगरी सोहि गाउँकै मनिराम चौधरीलाई पनि अहिले चुनावको भन्दा पनि खेतीपातीको चटारो छ ।
एमालेका क्षेत्रनं ३ (क) का उम्मेदवार घनश्याम पाण्डेसहित जिल्ला नेताहरु त्यहाँ पुग्दा गाउँका धेरै मतदाता खेतीपातीमै व्यस्त थिए । नेपाली कांग्रेसका उम्मेदवार डिल्ली चौधरीको चुनावी घरदैलो अभियानमा पनि यस्तै अवस्था देखिएको छ । यी दुवै प्रमुख राजनीतिक दलका टोलसभा/कोणसभामा स्वतन्त्र मतदाताको कुनै उत्साहजनक सहभागिता देखिएको छैन । नेपाली कांग्रेसका एक नेता भन्छन्, ‘अझै पनि जनतामा चुनावी उत्साह अर्थपूर्ण रुपमा देखिन सकेको छैन, कहिँ कतै अपवाद बाहेक ।’ यो चुनावमा त्यति चासो नदेखाउनु पनि उहि दोहरिने उम्मेदवारको अनुहारलाई देखेर पनि होला । यो समाचार आजको साक्षी खबर पत्रिकामा प्रकाशित छ ।


