घोराहीमा तीन फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति

दाङ । दाङको घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा आगलागी भएको छ । घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा भीषण आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको छ ।

शहीद उमेश मार्ग रोडमा रहेका न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणामा आएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस