सल्यानमा अरिंगालको टोकाइबाट आमा छोरीको मृत्यु

सल्यान । सल्यानमा अरिंगालको टोकाइबाट आमाछोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका १ हामफालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकीको मृत्यु भएको हो ।

अरिंगालले टोकेपछि उनीहरुलाई उपचारका लागि लैजाने क्रममा दुवै जनाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । उनका अनुसार घरभन्दा एक घन्टा टाढाको दुरीमा रहेको खेतमा धान काटेर घरतिर फर्कंदै गरेको समयमा सोमबार बेलुकी शोभा बस्नेत बुढाथोकी, उनकी छोरी प्राप्ति बुढाथोकी र शोभाका काका २१ वर्षीय नवीन बस्नेतलाई धेरै अरिंगालले शरीरका विभिन्न भागमा टोकेका थिए ।

घाइते बस्नेतको परकोपकार अस्पताल श्रीनगरमा उपचार भइरहेको छ । उनको अवस्था अहिले सामान्य रहेको खनालले बताए ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस