गठबन्धनको सम्पर्क कार्यालय हेमन्तापुरमा स्थापना

हेमन्तपुर/ गठबन्धनको प्रदेश निर्वाचन दाङ क्षेत्र नं.२ (ख) को सम्पर्क कार्यालय हेमन्तापुर स्थापना गरिएको छ । तुलसीपुर उपमहानगरपालिका –१८ हेमन्तापुर चोकमा कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन दाङ क्षेत्र नं. २ का प्रतिनिधी सभासदस्यका उमेदवार रेखा शर्मा र २ (ख) का उम्मेदवार प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) ले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

सचिवालय उद्घाटन गर्दै प्रतिनिधीसभा सदस्यका उम्मेदवार रेखा शर्माले परिवर्तन विरोधीलाई परास्त गर्न सम्पूर्ण मतदातालाई आग्रह गरिन । लोकतन्त्र मास्नेका बिरुद्ध दलहरु बिच गठबन्धन भएको धारणा राख्दै संविधान र संविधानले दिएका उपलब्धि मन नपराउने मान्छेले देशलाई पछाडी पार्ने काम गरेको धारणा राखिन ।

त्यस अबसरमा दाङ २ (ख) का उम्मेदवार प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) ले आफन्त ईष्टमित्रलाई ठेक्का दिनाले घोराही तुलसीपुर चारलेन सडक अलपत्र परेकोले उनका बिरुद्ध सबै मतदाता एक ठाउमा उभिएर जरुरी भएको बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य अनिता देबकोटाले संविधान र लोकतन्त्रका लागि गठबन्धन अनिवार्य आबश्यकता भएको बताइन ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस