दाङको गुर्जे खोलाले बगाउँदा एक जना बेपत्ता

घोराही । दाङमा खोलाले बगाउदा एक जना बेपत्ता भएका छन ।
घोराही उपमहानगरपालिका- १० निवासी ५५ बर्षिय कल्लु चौधरी गुर्जे खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बीरबहादुर ओलीले जानकारी दिनुभयो ।

हिजो दिउँसो करिब १२ बजे खोलाले बगाउदा बेपत्ता भएका चौधरीको खोजतलास जारी भए पनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस