
कपुरकोट । सल्यानको कपुरकोटमा बिहानै जिप दुर्घटना भएको छ । नेपालगञ्जबाट सल्यान कपुरकोट–६ जलवाङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप मुलपानीमा दुर्घटनामा परेको हो ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसीले जानकारी दिनुभयो ।
दुर्घटनामा ८ जना मृत अवस्थामा फेला परेका छन् । एक जना गम्भिर घाइते उद्धार गरि उपचारका लागि तुलसीपुर लगिदै प्रहरीले जनाएको छ ।
जिपमा सवार नौ जना रहेको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष होमबहादुर खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार