
बिजौरी । तुलसीपुरमा राजमार्गमा चल्ने सवारीसाधनहरुको गति नियन्त्रण गरी सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले सडकमा राडार गनले निगमन थालिएको छ । इलाका प्रहरी कार्यालय माताहतका सुरक्षाकर्मि तथा ट्राफिक प्रहरी तुलसीपुरले यो अभियान चलाएको हो ।
प्रहरी प्रधान कार्यालयले यो गन उपलव्ध गराएपछि हालै यसबाट गति चेकजांच थालिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका ट्राफिक प्रहरि हवल्दार डिल्ली आचार्यले जानकारी दिएका छन् । शुक्रवार दिउसो घोराही तुलसीपुर सडक खण्डको वेलझुण्डिमा यो परीदृश्य देखिएको थियो ।

ट्राफिक प्रहरीसंग राडर गन मात्र होइन, रोड सेक्युरीटि चेकपोइन्ट कन्सेप्ट(आरएससीसी)को टिम पनि संगै छ । जसले पुर्ण सडक सुरक्षाको अनुभुति हुन सकोस, अनि सडकमा हुने आपराधिक गतिविधि पनि न्युनिकरण हुन सकोस । ट्राफिक प्रहरीले सवारी साधन संग संबन्धित लाइसेन्स, व्लुवुक, रोड परमिट लगायतका कागजात हर्ने छ भने आरएससीसीले ट्राफिक प्रहरीलाइ सुरक्षा दिनुका साथै आफ्ना भिन्नै गतिविधि पनि संगसंगै लैजाने छ ।
जिल्ला प्रहरी कार्यालयले यो अभियानलाइ तुलसीपुर क्षेत्रमा मात्र नभएर घोराही तथा देउखुरी क्षेत्रमा समेत लगेर त्यहाको सार्वजनिक सवारीको अवस्थाको निगमन गर्ने जनाएको छ ।