दाङ । दाङको तुलसीपुर–१६ मा विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी भएका छन् ।
गएराति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बिरामी हुनेमा तुलसीपुर–१६ ललौराका ३४ वर्षीय विनोद चौधरी, ३४ वर्षीया वसन्ता चौधरी, १६ वर्षीया कोपिला चौधरी, १२ वर्षीया प्रभा चौधरी र ५५ वर्षीय माघे चौधरी रहेका प्रहरीले जनाएको छ ।
च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेपछि उनीहरुलाई अस्पताल लगिएको थियो ।
उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रेफर गरिएको छ ।
प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार