काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्ड शुक्रबार प्रकाशित गरेको हो ।
बोर्डका अनुसार यस वर्ष १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । नन ग्रेडिङमा परेका विद्यार्थीहरुले उच्च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।
सार्वजनिक नतिजाअनुसार ४१७९ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् । त्यस्तै ३०१०७ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन् । ६५२८८४ जनाले २.८ देखि ३.२० जिपिए ल्याएका छन् । ६४०९३ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन्। १०९०० जनाले २.१ देखि २.४ जिपिए ल्याएका छन् ।
त्यस्तै १.६ देखि २ जिपिए ल्याउने ३५ जना छन्। नन ग्रेड तर्फ १ लाख ८८ हजार ४१० छन् । ग्रेड बृद्विका लागि १ लाख ३० हजार ८७८ जनाले दिन पाउनेछन्। जम्मा ३ लाख ६३ हजार ८ जनाले परीक्षा दिएका थिए ।
बोर्डले यो पटक नन ग्रेडिङ अनुसार नतिजा प्रकाशन गरेको हो । प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक नल्याएका विधार्थि फेल भएका छन् । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
२ विषय लागेकाले असोज ३० र ३१ गते ग्रेड बृद्विका लागि परीक्षा दिन पाउने बोर्डका अध्यक्ष महाश्रम शर्माले रातोपाटीलाई जानकारि दिए ।
बोर्डको आफ्नै वेबवाइट https:/www.neb.gov.np/result मा गएर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको वेबसाइट https:/neb.ntc.net.np/ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिनेछ । त्यस्तै आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।
देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।