विद्यार्थीलाई कथा लेखन प्रशिक्षण

तुलसीपुर । तुलसीपुर स्थित गोरखा माध्यमिक विद्यालयले विद्यार्थीलाई कथा लेखन सम्बन्धी प्रशिक्षण दिएको छ ।

३ दिनसम्म सञ्चालन भएको कथा लेखन प्रशिक्षण कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका ४४ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । जसको प्रशिक्षकमा कथाकार विजय राज आचार्य रहेका थिए ।

गोरखा माध्यमिक विद्यालय तुलसीपुरका प्रिन्सीपल विजयमान जिएमको अध्यक्षता तथा प्याव्सन दाङका जिल्ला अध्यक्ष मधुसूदन केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षक दुर्गाबहादुर केसी प्रशिक्षक कथाकार विजय राज आचार्य अभिभावक देवबहादुर केसीलगायतले बोलेका थिए ।

सहभागीहरुले विद्यार्थीलाई कितावी ज्ञान भन्दा पनि आन्तिरिक्त क्रियाकपालहरु मार्फत वाह्य ज्ञान दिन पनि यस्ता कार्यक्रम आवश्यक हुने बताएका थिए । उनीहरुले कथा लेखन प्रशिक्षण कार्यक्रम उपलव्धी मुलक भएको पनि बताएका थिए ।

कार्यक्रममा विद्यार्थी रिचा भण्डारी, सविना केसी, प्रनिशा वोहरा, श्रृष्टि कार्की र पुष्पा केसीले कथा बाचन गरेका थिए । सो अवसरमा कथाको टिप्पणी र समीक्षा डा. खगेन्द्र घोडासैनीले गरेका थिए । उनले विद्यार्थीहरुले बाचन गरेको कथामा सामाजिक तथा सांस्कृतिक विषयवस्तु रहेको बताएका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस